भूकम्प पीडितलाई राहत संकलन गर्दा पक्राउ गरिएका नेकपाका नेता कार्यकर्ता रिहा

काठमाडौं । भूकम्प पीडितलाई राहत संकलन गर्ने अभियानमा लाग्दा मानवीयतालाई ख्याल नगरी पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोका नेता कार्यकर्ताहरु आजै रिहा भएका छन ।

आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले राहत सामग्री संकलन गरिरहेको अवस्थामा प्रहरीले मानवीयतालाई ख्याल नगरी नियन्त्रणमा लिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय निर्णय अनुसार नेकपा उपत्यका व्युरोले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलनका लागि शनिवारबाट अभियान सञ्चालन गरेको थियो ।

अभियान टिमलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको करिब ७ घण्टा पछि रिहा गरेको छ ।


नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, ३ जिल्ला इन्चार्ज डि आर सी, डिसीएस दिपक सी, चिन्तन सी, रविन सी, गोविन्द सी, रविन सी, विवेक सी, गोपाल सी, राज गजमेर, लगायतका नेता कार्यकर्ताहरु पक्राउ परेका थिए ।

नेकपाका उपत्यका ब्युरोका इन्चार्ज कृति सीले रिहा भएका नेता कार्यकर्ताहरुलाई खाँदा लगाएर स्वागत गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोले सञ्चालन गरेको राहत अभियानले आज मात्रै ९२ हजार नगद,१२ बोरा कपडा,३२ हजारको औषधि,२ बोरा जुत्ता चप्पल लगाएर राहत सामग्री समेत संकलन गरेको छ ।

नेकपा उपत्यका व्युरोले आफ्नो राहत संकलनमा लागेको टिमलाई विना कारण पक्राउ गरिएकोमा आपत्ति जनाउदै आउने दिनमा सरकारलाई त्यस्तो गलत गतिविधि नगर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस