आमा आशिका देवी चन्दको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि


१९ मंसिर, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सि का ममतामयी आमा आशिकादेवी चन्दको आईतवार कपिलवस्तुको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ ।

महासचिव विप्लवले ममतामयी आमालाई फुलमाला र अविरले अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

पार्टीका नेताकार्यकर्ता, घरपरिवार, आफन्त र स्थानीयको बाक्लो उपस्थितिले आमा आशिका देवी चन्दलाई श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली पश्चात् अन्त्येष्टि गरिएको छ ।


यसैबीच परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको नीति बमोजिम दाहसंस्कारसहित ५ औं दिनसम्म शिवगढीमा निम्न अनुसारका कार्यक्रम तय गरिएको छ ।

सोमवार (आज) १९ गते आमाको सम्झनामा बृक्षारोपण गरिदैछ ।
तेस्रो दिन २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण गरिने छ । यस्तै चौथो दिन २१ गते समवेदना दिन आउने महानुभावहरुलाई भेटघाटको निरन्तरता दिने छ ।

पाचौं दिन २२ गते शोक सभा कार्यक्रम गरिने भएको छ । बुवा विनाराम घर्ती र आमा सुनसरी घर्तीको कोखबाट वि. सं. १९८६÷१÷२१ गते जन्मिनु भएकी आशिका देवीको पति चित्र बहादुर चन्दसँग विवाह भएको थियो ।

आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी र छोरी तुलसा चन्द, लक्ष्मी चन्द र देवा चन्द हुन् । जेठा छोरा वीरजंग सि को गतवर्ष लामो समय जेल जीवनपश्चात् निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस