सृष्टि बचाउ अभियानलाई फुलबारी एजुकेशनल एकेडेमी द्धारा सहयोग हस्तान्तरण

१९ मंसिर,बाँके । कोहलपुर नगरपालिका वडा नम्वर २ स्थित फुलवारी एजुकेशनल एकेडेमीले सृष्टि बचाउ अभियानलाई सोमवार उपचारका लागि सहयोग गरेको छ ।

फुलवारी एजुकेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल धनवहादुर शाहीले विरामी सृष्टिका वुवा सिंहवहादुर विकको हातमा नगद सहयोग हस्तान्तरण गर्नु भएको छ ।

विद्यालयको हातामा विद्यालय परिवारले उठाएको नगद रुपैया प्रिन्सिपल शाही सहित विद्यालयका शिक्षकहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सोही विद्यालयमा कक्षा नर्सरी देखि अध्ययनरत र हाल कक्षा ३ मा अध्ययन गरिरहेकी १२ वर्षिय सृष्टि विक अहिले जापानी इन्सेफ्लाईटिस रोगले मृत्यृ संग संघर्ष गरिरहेकी छन ।

फुलवारी एजुकेशनल एकेडेमीका विद्यार्थी समेत रहेकी सृष्टि गत साउन २५ गते देखि गम्भीर विरामी भई उपचारर्थ छन ।
उनलाई वचाउन आर्थिक सहयोगका लागि सृष्टि बचाउ अभियान संचालन गरिएको छ । विद्यालयले मानवीय संवेदनाको हिसावले सृष्टि विद्यालय परिवारको एक सदस्य भएको हुनाले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्र्दै सक्दो आर्थिक सायता प्रदान गरेको छ ।

विद्यालयका संस्थापनक प्रिन्सीपल शाहीले सो अवसरमा यो वर्षको वैशाख देखि विरामी सृष्टिको कुनै पनि शैक्षिक शुल्क विद्यालयले नलिने घोषणा समेत गर्नु भएको छ । उहाँले एउटा अनुशासित विद्यार्थी विरामी हुदा विद्यालय परिवार अत्यन्तै दुखित भएको भन्दै सवैलाई सक्दो सहयोग गरिदिन र आफ्नो विद्यार्थी वचाईदिन अपिल पनि गर्नु भएको छ ।

विद्यालयले नगद तथा विद्यालयको शैक्षिक फ्रि गरी करिव २५ हजार वरावरको सहयोग गरेको छ ।

कोहलपुर २ शक्तिनगरमा रहेको विद्यालय वि.स. २०७१ सालमा स्थापना भएको थियो । यो विद्यालयले राम्रो तथा गुणस्तरित शिक्षा दिदै आएको छ । अहिले विद्यालय कक्षा ८ सम्म संचालनमा छ ।

विद्यालयले सक्दो सहयोग गरेकोमा विद्यालय परिवारलाई सृष्टि बचाउ अभियानले विशेष धन्यवाद समेत दिएको छ

प्रतिक्रिया दिनुहोस