जनताको बास्तविक सुखदुःखकाे साथी बन्न कार्यकर्तालाई नेता हिमशिखरकाे आग्रह

माघ २३, बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हिमशिखरले जनताको बास्तविक सुखदुःखकाे साथी बनेर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले बर्दिया जिल्ला क्रान्तिको उर्वर भुमि भएको भन्दै एकीकृत जनक्रान्तिको कार्य दिशालाई थप उचाईमा पुर्याउन जनताको बास्तविक सुखदुःखको साथी भएमात्रै बैज्ञानिक समाजवादको भ्रुण पैदा हुने भन्दै यस्तो निर्देशन दिनुभएको हाे ।

साेमबार सम्पन्न बर्दियाकाे पुर्वी कमानकाे पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै सम्पुर्ण नेता कार्यकर्तालाई उत्साही, साहसी र दृढतापुर्वक योजना कार्यन्वयन गर्ने हाईब्रेट बिउ झै उत्पादित भएर जन्तामा झाङ्गिनु पर्ने बताउनुभयो ।

यतिबेला दलाल पुंजिवादी सत्ता संकटमा फंसेको र यो संकटलाई क्रान्तिकारिहरुले देश र जनताको अनुकुलतामा बदल्न सक्नु पर्ने भन्दै अन्यथा देश फेरि नंया ढंगले बिदेशी दलालहरुकै हातमा जाने र नेपाली जनताले सदिऔं काल सम्म दुख पाउने बताउनु भयो ।

जनतामा भिजेको पार्टी, जनताले बिश्वास गर्ने नेता कार्यकर्ता, जनताको सुख दुखको साथी बन्नु पर्ने भन्दै जनता र देश माथि थुपारिएका तमाम उत्पिडन बिरुद्ध जनतालाई गोलबद्ध गरेर शसक्त संघर्ष संचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले निराशा बाड्ने, निरुत्साहित गर्ने संयौं कार्यकर्ता भन्दा उत्साही र आशावादी एउटा कार्यकर्ता पार्टिको निम्ति महत्त्वपूर्ण हुने भन्दै पार्टी र नेताले जनतालाई सुखी हुन, समृद्ध हुन सिकाउन प्रयत्न गर्नु पर्ने र गरेर खान सिकाउनु पर्ने बताउनुभयो ।

पार्टीले तय गरेको ६ महिने आवाधिक योजनालाई दृढतापुर्वक कार्यन्वयन गर्न र पार्टिले अपेक्षा गरेको परिणाम दिन जिल्लाको सिंगो पंक्ती उत्साही भएर काममा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्यहरूले आ-आफ्नो कार्यक्षेत्रको रिर्पोट पेस गरेका थिए भने रिर्पोट माथीको छलफल र प्रशीक्षण सँगै पार्टी केन्द्रको सर्कुलर बाचन गरिएकाे बताइएको छ ।

पुर्बी कमान ईन्चार्ज राम सी काे अध्यक्षता रहेको थियो भने जिल्ला सेक्रेटरी संगीन सी, केन्द्रिय प्रतिनिधि सदस्य भुकम्प सी काे आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस