राष्ट्रिय दलित पत्रकार संघ कालिकोटको भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

१२ वुदे घोषणा –पत्र जारी

 

२२ फागुन कालिकोट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कालिकोटको प्रथम जिल्ला भेला जातिय भेदभाव उम्मूलनका लागि १२ वुदे घोषणा –पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सदरमुकाम मान्मको होटल कोटदरवारमा शनिवार (आज) सम्पन्न भएको भेलाले रमेश सुनारको अध्यक्षतामा एक सदस्यी पछि थप्ने गरि १३ सदस्सीय नयाँ जिल्ला कार्यसमितिको निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष वहादुरे विक, सचिव मान व. वि.क., कोषाध्यक्ष यशुदा वि.क., सहसचिव राम व. विक रहनु भएको छ ।
अन्य सदस्यहरु क्रमशः लक्ष्मण विक, धनकर्ण विक,सुस्मिता विक, दिपराज विक, कमल नेपाली,रामप्यारी विक र खडक विक रहेका छन । यस्तै भेलालाले रमेश नेपालीको संयोजकत्वमा वसन्त विक (वर्षाद), धर्मराज ताम्राकार, हस्त विक, र वीर तिरुवाको गरि ५ सदस्सीय सल्लाहाकार समितिको पनि निर्वाचित गरेको छ ।
भेलाले फागुन २८ र २९ गते वुटवलमा हुने राष्ट्रिय भेलामा सहभागि हुने तीन जना प्रतिनिधि पनि चयन गरेको छ । जसमा रमेश सुनार,मान व.विक.र यशोदाको नाम सर्वसहमत छनौट गरेको छ । नयाँ निर्वाचित कार्यसमितिको आईतवार मात्रै सपथग्रहरण कार्यक्रम हुने आयोजकपक्षले जनाएको छ ।
“लोकतन्त्रको आधार समान सहभागिता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारीता हाम्रो आवाज” भन्ने मुल नाराका साथ प्रथम भेला सम्पन्न भएको हो । भेलाले दलित तथा गैर दलित समूदाय विचको सामाजिक तथा जातिय विभेद उन्मूलन गर्ने सामूहिक प्रतिवद्धता जाहेर गरेको छ ।
भेलाका प्रमुख अतिथि तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव अमर सुनारले सम्वोधन गर्दै दलित र गैरदलित समूदायहरुको विचको विभेद उन्मुलन गर्नेमा दलित पत्रकार संघको महत्वपूर्ण भूमीका हुने वताउनु भएको छ ।
उहाँले कालिकोट जिल्लामा दलित पत्रकार संघको जिल्ला भेला हुनु आफैमा एउटा महत्वपूर्ण कदम भएको भन्दै दलित समूदायका मुद्धा उठाउदा दलित पत्रकारहरुले विशेषध्यान पुर्याउनु पर्नेमा जोड दिनु भयो ।
भेलामा विशेष अतिथि नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य विष्णु संज्यालले दलित माथिको विभेद हटाउन पत्रकार जगतले सचेतना फैलाउनु पर्ने वताउनु भएको छ । भेलाका अतिथि राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश कमिटिका सचिव नौरते वि.क.,नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष कालि वहादुर मल्ल,वडाअध्यक्ष धनसिंह विक,विर्ख सिंह वि.क.,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनेश चधारा, नेकपा क्रान्तिकारी माओवादीका कर्ण विसी लगायतका वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राख्दै दलित समूदाय माथिको विभेद हल गर्न दलित ,गैर दलित सवै एकतावद्ध हुनु पर्ने र त्यस्तो क्षमता राख्ने नयाँ नेतृत्व आउनेमा विश्वस्त भएको वताउनु भएको छ । जिल्लामा क्रियाशिल दलित पत्रकार,गैरदलित पत्रकार, राजनैतिक दलका प्रतिनिधि,वुद्धिजीवी,कर्मचारी लगायत तमाम सरोकारवाला व्यक्तिको गरिमामय उपस्थिति रहेको थियो ।
जातीय विभेद र भेदभावको उत्पीडनमा परेका समुदायको आवाज संगठित रुपमा उठाउन दलित पत्रकारहरुको भेला गरेको राष्ट्रिय दलित पत्रकार संघ कालिकोटले जनाएको छ ।
समाजवाटै विभेद उन्मूलन गर्न दलित गैरदलित पत्रकार र समूदाय सवैको जिम्मेवारी रहेको भेलाले निश्कर्ष निकालेको छ । भेलामा नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश कमिटि सदस्य तथा अतिथि कर्ण विश्वकर्माले पेश गर्नु भएको दलित पत्रकारका विगत,वर्तमान समस्या र आगामी समाधनका वारे ५ पृष्ठको कार्यपत्र पारित गरेको छ भने १२ वुदे सामूहिक घोषणा –पत्रको प्रतिवद्धता पनि हस्ताक्षेर सहित सर्वसहमत पारित गरेको छ ।
भेला वाट पारित १२ वुदे घोषणा पत्रको पूर्ण पाठ

 

 

 

 

प्रतिक्रिया दिनुहोस