सुदर्शनलाई भेट्न नख्खु कारागार पुग्नु भयो ः विप्लव

२२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भट्नु भएको छ ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको छ । त्यसको भोलिपल्ट महासचिव विप्लव सहित वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र सदस्य उदयबहादुर चलाउने सुर्दशनलाई भेट्न नख्खु कारागार पुग्नु भएको हो । कारागरमा नेताहरु विच नयाँ राजनैतिक परिवेसका वारे छलफल भएको छ । नेता सुर्दशनलाई अव प्रक्रिया पुर्याएर सरकारले रिहा गर्ने पनि महासचिव विप्लवले भेटमा वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस