घरबेटीले आफ्नै हस्ताक्षरको लात मारे ,पीडित अन्याय मै

साउन २२, बाँके । वाँकेको कोहलपुरमा काठमाण्डौ सुनचाँदी पसल संचालन गर्दै आउनु भएकी चन्द्राकला सुनार संग लेनदेनका विषयमा भएको सहमति घरवेटी रमेश श्रेष्ठले लात मार्दै उलंघन गरेका छन ।

घरबेटीले सुन चाँदी पसल कव्जा गरि तेस्रो व्यक्तिलाई वेचेपछि उनीहरु विच विवाद भएको थियो । विवाद समाधानका लागि २०७७ साल असार ४ गते उद्योग वाणीज्य संघ कोहपुरको पहलमा दुवै पक्ष सहभागी भएको छलफलमा मुल्याङकन समिति वनाउने र सोको मुल्याङकन दुवै पक्षले मान्य सहमति भएको थियो ।

मुल्याङकन समितिले १० लाख ४ हजार ६ सयको मुल्याङकन पेश गरेको छ । तर पसल संचालक चन्द्रकलाले मुल्याङकन स्वीकार गरेपनि घरवेटी श्रेष्ठले भने सो मुल्याङकन मान्य नभएको भन्दै सहमतिको लात मार्दै उलंघन गरेका छन ।

वेला वेला छलफल गर्दा पनि कुनै चासो नराखेको पीडित चन्द्रकलाले वताउनु भएको छ । साझा चोकको पूर्वपट्टि रहेको श्रेष्ठको घरमा लामो समय देखि चन्द्राकलाले काठमाण्डौ सुनचाँदी पसल संचालन गर्दै आउनु भएको थियो ।

प्रहरी तथा वडा कार्यलयलाई प्रभावमा पारी ४८ हजार मात्र भाडा तिर्न वाँकी रहेको वेला पसल कव्जा गरि २०७६ सालको असार तिर तेस्रो व्यक्तिलाई श्रेष्ठले वेचेका थिए ।

असारमा भएको सहमति अनुसार घरवेटी श्रेष्ठले अरु संग भएको आर्थिक कारोवारेमा आफु माथि जोडेर हिसाव नगर्ने र मुल्याङ्कन समितिको निश्कर्ष दुवै पक्ष स्वीकार गर्न तयार हुने आलटाल गरे कानुन अनुसार सहुला वुझाउला भनि सहमति भएको छ ।

तर अहिले सवै सहमति घरवेटीले उलंघन गरेको र मिलाउन नसकिएको उद्योग वाणीज्य संघका अध्यक्ष चक्र वहादुर अधिकारीले वताउनु भएको छ ।

पीडित चन्द्रकलाले भने आफु दलित महिला भएकै कारण अत्यन्तै पीडित भएको र न्यायका लागि फेरी पनि सवै संग गुहार मागेको वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस