नेकपा महासचिव विप्लव र एमाले अध्यक्ष ओली वीच भेटवार्ता

माघ २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अध्यक्ष केपि शर्मा ओली वीच भेटवार्ता भएको छ।

बाल्कोट स्थित ओली निवासमा सोमबार बेलुका ७ बजे दुवै पार्टीका शिर्ष नेतृत्व विच भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति, नेपालमा कम्युनिस्ट पार्टी, शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र विगतमा सरकार नेकपा विच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे नेकपाको तर्फबाट कुराकानी राखिएको बताइएको छ ।

कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले तीन बुदे सहमति अनुसार वन्दीहरुको रिहाई र मुद्दा फिर्ताको बिषयमा आफु सकारात्मक रहेको बताएको जानकारी श्रोतले दिएको छ।

प्रतिक्रिया दिनुहोस