एकिकृत शैक्षिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

फाल्गुन २४, कालिकोट । कलिकोटको मान्म जिल्ला स्थित नौ वटै स्थानिय तहमा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी एक दिने प्रशिक्षण प्रशिक्षक तालिम शनिबार सम्पन्न भएको छ ।

जिल्लामा शैक्षिक सुचना व्यवस्थापनको अवस्था विगतका दिनमा सारै कमजोर भएको हुदाँ भाविदिनमा सुचना व्यावस्थापनमा अग्रगामि सुधार ल्याउने उदेश्यले तालिम संचालन गरीएको बताईएको छ ।

तालिममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली शाखाका निर्देशक शंकर बहादुर थापा र सम्वेदन कोइरालाले प्रशिक्षण गर्नुभएको थियो भने तालिमको सहजिकरण किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे र शिक्षा विकास तथा समन्व्य इकाई प्रमुख महेश दत्त देवकोटाले गर्नुभएको थियो ।

तालिममा कालिकोट जिल्लाका नौ वटै पालिकाका आई एम आई एस मा काम गरीरहनुभएका शिक्षा संयोजक, शिक्षा अधिकृत शिक्षा श्रोत व्याक्ति, प्रअ तथा शिक्षकहरु लगाएतको सहभागिता रहेको कर्णाली शिक्षा परीयोजनाका जिल्ला परीयोजना संयोजक विर तिरुवाले वताउनुभयो ।

प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालको आयोजना, शिक्षा विकास तथा समन्व्य इकाई कालिकोटको समन्वय र स्थानीय तहका आर्थिक सहयोगमा तालिम सम्पन्न भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस