बाँकेमा १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार

चैत २५, काेहलपुर । बाँकेको कोहलपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन ।

उनलाई कोहलपुर ११ बस्ने अन्दाजी २४ वर्षिय आकाश मल्ल र दाङ घर भई अध्यानको सिलसिलामा कोहलपुर एकता नगर बस्दै आएका अन्दाजी २४ वर्षिय अंकित गिरिले सामुहिक बलात्कार गरेका हुन ।

एकता नगर घर भएकी १४ वर्षिया बालिकालाई मल्लले आईतबार आफ्नै घरमा ललाई फकाई गरी लगेर डर धम्की देखाएर दुई जनाले सामुहिक बलात्कार गरेको प्रहरी जनाएको छ ।

घटनामा सहभागि अभियुक्त मल्ललाई आफन्तको सहयोगमा प्रहरीले पक्राउ गरेको छ भने अर्का अभियुक्त गिरि भने फरहार रहेका छन ।

घटनामा सहभागि अभियुक्त गिरिलाई खोजिकार्य भईरहेको प्रहरिले जनाएको छ । अभियुक्तलाई कानुनअनुसार मुद्धा प्रक्रिया अगाडि बढाई बार्वाही गरिने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस