जनआन्दोलन र जनयुद्धको सपना पुरा गर्न एकीकृत जनक्रान्तिमा लाग्न नेता विराट सीको आहवान

२४ चैत, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीेले जनआन्दोलन र जनयुद्धको सपना पुरा गर्न एकीकृत जनक्रान्तिको बाटोमा लाग्न आहवान गर्नु भएको छ ।

३३ औं जनआन्दोलन दिवसको अवसरमा कालिकोटकाे मान्ममा आयाेजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता विराटले यस्तो आहवान गर्नु भएको हो ।

कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक समेत रहनु भएका नेता विराट सीले नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना नगरे सम्म जनआन्दोलन र जनयुद्धको सपना पुरा नहुने वताउनु भयो ।

उहाँले त्यसका लागि नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिको बाटोमा लाग्नुको अन्य विकल्प नभएको ठोकुवा गर्नु भयो ।

नेता विराट सीले जनआन्दोलन तथा कम्युनिस्ट आन्दोलनमा नेपालमा बहुदल ल्याउने शहिदहरुलाई संसदवादी राजनीतिक दलहरुले चैत्र २४ लाई महत्व दिन छाडिएको आराेप लगाउनु भयो ।

उहाँले महान् सहिदहरुको स्मरण गर्दै सहिदहरुको रगत खेर जान नदिने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।

नेता विराट सीले जहिलेसम्म राष्ट्रिय स्वाधिनताको रक्षा र वर्गिय मुक्ति आन्दोलन सफल हुदैन तबसम्म सहिदहरुका सपना साकार पार्न नेकपा निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बाल्दै मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले देशकाे वर्तमानमा परिस्थितिमा भ्रष्टचार, कमिशन, महङ्गी, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको चर्को शाेषणले जनतालाई आतंकित गरेको भन्दै यसका विरूद्व सबैले संघर्ष आग्रह गर्नुभयो ।

उहाँले जनतन्त्र, जनजिविका, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समनता, शान्ति र सम्मृद्धिको पक्षमा सबैले एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

उहाँले नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिवाट वैज्ञानिक समाजवादी व्यावस्थाले मात्र जनआन्दोलन र जनयुद्धको सपना पूरा हुने ठोकुवा गदै एकीकृत जनक्रान्ति भित्र गोलवन्द हुन राष्ट्रवादी देशभक्त ,सम्पुर्ण जनसमुदायलाई आवाहन गर्नु भयो

यस्तै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले जनताको मुख्य दुश्मन दलाल संसदीय व्यवस्था भएको टिप्पणी गर्नु भयो ।

दलाल संसदीय व्यवस्थाकाे अन्त्य गराैं, बैज्ञानिक समाजवाद स्थापना गराैं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, बैंक तथा वित्तीय संस्थाकाे आतंक बन्द गर, राष्ट्रघाति एमसीसी परियोजना खारेज गर, सबै देशभक्त नेपालीहरु एक हौं, भ्रष्ट तथा छाडा संस्कृतिको अन्त्य गर, महिला हिंसा, बलात्कार बन्द गर, बढ्दो महंगी नियन्त्रण गर, वीर शहिदहरु लालसलाम जस्ता नारा सहित मान्मकाे जिराेपाेइन्ट बाट र्यालि सहित प्रतिमाचाेक पुगेर काेणसभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रभात जनसांस्कृतिक परिवार र स्थानीय कलाकारले विभिन्न क्रान्तिकारी नृत्य तथा गीतहरु प्रस्तुत गरेको थियो ।

जिल्ला सेक्रेटरी शाहासी सीकाे अध्यक्षतामा रहेको कार्यक्रमकाे संचालन जिल्ला सदस्य रमेश सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस