२५ बैशाख कालिकोट । रास्काेट नगरपालिकामा खाद्य डिपो सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे सहकार्यमा रास्काेट नगरपालिकाले खाद्य डिपो संचालनमा ल्याएको हाे ।
मंगलबार नगर उप- प्रमुख मनिराज बरालले खाद्य डिपाेकाे रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बाेल्दै उप-प्रमुख बरालले गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्न उद्देश्यका साथ खाद्य डिपो सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा समेत सुनिश्चितता भएको बताउनुभयो ।
उप-प्रमुख बरालले खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनिकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपाेकाे स्थापना गरिएको बताउनुभयो ।
सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने उप-प्रमुख बराले बताउनुभयो ।
घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएपछि निकै खुसी लागेको रास्काेट ३ कि अम्ति सार्कीले बताउनुभयो । नगरमै खाद्य डिपो सञ्चालन गरि सस्तो मूल्यमा खाद्यान्य सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य भैरे तिरूवा, ९ नम्बर वडा सदस्य अविलाल बराल, शिक्षा शाखाका प्रविधिक साहयक दलबहादुर जिसि, खाद्य डिपोका कर्मचारी नमराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस