जेठ २५, कालिकाेट । कालिकोट जिल्लामा थप तीन जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ९ का ३० वर्षीय पुरुष, वडा नं. १० का २४ वर्षीय पुरुष र महाँवै गाँउपालिका वडा नं ५६ वर्षीया पुरुषमा कोरोनाको पुष्टि भएको हो ।
जिल्लाबाट स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गरिएका थप तीन जनामा कोरोना पुष्टि भएको हो । यसअघि जिल्लामा २५ जना र एक जना बाजुराका गरी २६ जना कोरोना पुष्टि भएको थियो । उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा राखिएको छ ।
याे संगै जिल्लामा काेराेना संक्रमितकाे संख्या २८ पुगेकाे छ भने १ जना बाजुराका संक्रमित गरि २९ जना संक्रमित पुगेका छन । ग्रामीण स्तरका अव्यवस्थित क्वारेन्टाइनमा राखिएका मानिसमा पनि कोरोना पुष्टि भएपछि धेरै मानिसमा कोरोना संक्रमण फैलिने आशंका गरिएको छ ।