जसरी तिमी बाँचेका छाैं ।
मलाइ पनि बाँच्ने आशा छ ।
तिमिले जन्मायौं ।
तिमिले सार्नेछौं ।
तिमिले मार्नेछौं ।
मेरो के को दोस ?
बेर्थमै COVID,
उपनाम दिएर
मलाइ अपमान गर्दछाैं ।
म त, परजीवी जिब हुँ ।
तिमी पनि परजिवी नै हौं ।
संसारका अन्य जनावरहरु लाई
मारी-मारी तिमी बाँचेका छौं।
आफुमाथि परजीवीलाई अपमान गर्छौ ।
तिमीले, हामी जिबको गुनासो
कहिल्यै बुझ्न सकेनौं,
अझै आफुलाइ बुद्धिमान ठान्छौ !
तिमी बुद्धिमान हौं भने
अधिकारबादि हौं भने
तिमी दयालु छौं भने
मलाइ पनि बाँच्न देउ
आफुले बाँच्न पाउने
अधिकार बनायौं ।
प्रकृतिमा मलाई
पनि बाँच्नेअधिकार देओ।
मेरो कुनै अर्को संसार छैन ।
यहि संसारमा मैले बाँच्नै छ ।
बाँच्न देउ मलाइ पनि ,
बाँच्न देउ ।
मलाई यै प्रकृतिले जन्मायो ।
यै प्रकृतिले नै मार्नेछ ।
हत्तास नहुनुहोस्
मृत्युलाई सके जित्नुहोस् ।
नसके आत्मासाथ गर्नुहोस् ।
एकको भरमा अर्का हुनैपर्छ ।
यसरी नै पर्याबरण सन्तुलन हुन्छ ।
युग परिवर्तन प्रकृतिको नियम हाे
याे युग पनि परिबर्तन भएर जानेछ ।
प्रकृतिकै कटु तथा सत्य नियम
यहि हो त म के गरुँ ..?
हामि सबै एकै जिव जनवार हौं
मात्र फरक,
मैले गर्दा तिमीहरुको आत्मा
स्वर्गमा ईश्वरसंग हुनेछ।
तिमिहरु शरिरमा मर्नेछौ।
तिम्रा दु:खहरु भाग्ने छन ।
कष्टहरु निर्मुल हुनेछन।
तिम्रा अहंकार समाप्त हुनेछ्न।
तिम्रा स्वार्थ निर्मुल हुनेछन् ।
तिमिहरु आत्मामा चडि स्वर्गमा जानेछौं।
तर
म बाँचेसम्म मलाइ
संसारले हाहा थुथु गर्नेछ।
म विरुद्ध संसार खडा हुनेछ।
यो पृथ्वीको हरेक कुना-कुनामा
भौतारिएर घुम्नेछु।
मलाइ हरेकले घृणा गर्नेछन् ।
म मरेँ भने जगत हाँस्नेछ ।
म आज एकदमै दुखी छु,
म एकचोटि हृदयदेखि अनुरोध गर्छु।
मलाइ COVID भनि हा हा थु थु नगर्नुहोस।
बरु सक्छौ माक्स लगाउनुहोस् ।
सेनिटाइजर प्रयोग गर्नुहोस् ।
स्वास्थ्य सावधानीहरू अपनाउनुहोस् ।
म हुँदा या न हुँदा
सदैब सफासुघर भइ
lockdown काे पालना गर्नुहाेस् ।
बरु हामिहरु टाढैबाट माया साटौला