असाेज २१, कालिकोट । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर)ले जनताको राज्यको माग गर्दा आफू जेल हालिएको बताउनुभयो ।
२८ महिना लामो जेल जीवन पछि गृह जिल्ला कालिकोट पहिलो पटक फर्किनु भएका नेता बमले बुधबार सदरमुकाम मान्ममा आयाेजित बिराेध प्रदर्शन तथा अभिनन्दन कार्याक्रममा वोल्दै यस्तो बताउनुभएको हाे ।
उहाँले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको वताउनु भयो ।
आफुले जेलमा वस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दावी गर्दै नेता वमले सानो जेलको घेरावाट ठुलो जेलको घेरामा आएको वताउनु भयो ।
संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उत्पीडन, शोषण दमनमा परिरहनु परेकाले त्यसवाट मुक्त हुनु नै ठुलो जेलवाट मुक्त हुने ठोकुवा गर्नु भयो ।
सो अवसरमा नेता वमले आफनो रिहाको लागि सहयोग गर्ने पार्टी कार्यकर्ता,शुभचिन्तक, पत्रकार तथा कालिकोट बासिलाई समेत धन्यवाद दिनु भयो । स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट, जुम्ला जिल्ला इन्चार्ज बिराट, जिल्ला सेक्रेटरी रणदिपले स्वागत तथा अभिनन्द गर्दै सत्यको जीत र असत्यको हार भएको वताउनु भयो ।
उहाँले संसदवाद सवै हिसावले पतन भएको दावी गर्नु भयो । कार्यक्रममा जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समंग्र लगायतका नेता कार्यकर्ताहरु समेतको सहभागीता रहेको थियो ।
दलाल संसदीय व्यवस्थाको सरकारले २०७६ साल वैसाख २५ गते पार्टी काम विशेषले पूर्वतिर जान लागिरहेको वेला नेपालगंजको पिप्रवावाट नेता वमलाई गिरफ्तार गरेको थियो ।
अदालते नेता वम संग गिरफ्तार भएका सत्य वहादुर शाहीलाई दुई महिना पछि साधारण तारिखमा रिहा गरेको थियो भने नेता वमलाई पूर्पक्षेको लागि नेपालगंज जेल चलान गरेको थियो ।
जेलमा वस्दा समेत नेता वमले जेल भित्र हुने अनियमिता, अन्याय अत्याचार, जेल भित्रै लागु औषध कारोवार गर्ने जस्ता विकृति विरुद्ध सशक्त प्रतिरोध गर्नु भएको थियो ।
जसले गर्दा उहाँ माथि नेपागंज कारागरका केही अराजक कैदीहरुले हातपात समेत गरेको समाचार वाहिर आएको थियो ।
त्यति हुदा पनि उहाँले जेल मोर्चा वाटै प्रतिक्रियावादी सत्ताको विकृति विरुद्ध संघर्ष गरिरहनु भयो । नेपागंज जेलमा उहाँको असुरक्षा वढेपछि केही महिना वर्दिया जिल्ला कारागरमा समेत सरुवा गरिएको थियो ।
२०७७ सालको फागुन २१ गते नेकपा र सरकार विच ३ वुदे सहमति पछि नेता वमलाई केन्द्रीय कारागर सुन्धारा काठमाण्डौ सारिएको थियो ।
उहाँ जिल्ला अदालत नेपागंजको छोडने आदेश पत्र केन्द्रीय कारागर पुगेपछि भदौ ४ गते काठमाडौवाट रिहा हुनु भएको हो ।
उहाँको रिहा पछि पहिलो पटक गृह जिल्ला कालिकोट आउदा नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन ।
जनयुद्धको सुरुवात देखि क्रान्तिकारी लाईनमा निरन्तर लागि रहनु भएका नेता वमको घरवाट २ भाईले जनयुद्धमा वलिदान समेत गरिसक्नु भएको छ ।
कालिकोट जिल्लावाट खडग वहादुर विश्वकर्मा पछिका सवै भन्दा सिनियर नेताको रुपमा चिनिनु हुन्छ । जनयुद्धको वेला लामो समय सम्म कालिकोट अछाम,वाजुराको जिल्ला सचिव समेत भएर काम गर्नु भएको थियो ।
छोटो समयमा २५ वर्षिय उमेरमा पार्टीको केन्द्रीय सदस्य समेत युद्धकालमा वन्नु भएको थियो । पार्टीको पोलिट व्युरो सदस्य समेत वन्नु भयो । अहिले पार्टीले केन्द्रीय समिति मात्र वनाएकाले हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।