नेकपा नेता बम द्वारा कैदीबन्दी भेटघाट

असाेज २१, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम (रणविर) द्वारा विहिवार कालिकोट जिल्लाको जिल्ला कारागारका कैदीबन्दी भेटघाट गर्नुभएको छ ।

नेता बमले जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई भेटघाट गर्दै उनीहरुको अवस्थाको वारे जानकारी लिनुभएकाे छ ।

भेटमा नेता बमले सरकारको झुट्टा मुद्धा बिस्पोटक पदार्थ तथा खरखजनाको केसमा जेल जीवन बिताइरहेका आफ्ना कार्यकर्ता दोभान र प्रकाश लाई भेटेर याे व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र यी क्रान्तिकारीको लागि उपहार भएको प्रष्ट्याउनु भयोे ।

भेटघाटमा नेता बम संगै जिल्ला इन्चार्ज बिराट, सेक्रेटरी रणदिप लगायतका नेता कार्यकर्ताको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस