बादल प्रचण्डलाई लत्याउदै ओली कित्तामा

कार्तिक २२ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गर्नु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ थापासँगको भेटमा पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
यी दुवै भेटमा थापाले स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गरेर एकता बचाउन दुवै अध्यक्ष मिल्नु नै अन्तिम विकल्प भएको जवाफ दिनु भएको थियो । त्यही कुरा थापाले शुक्रबार बिहान अध्यक्ष दाहालसँगको भेटमा पनि गर्नु भयो । आजको कान्तिपुर दैनिक लेख्छ–तर शुक्रबारै दिउँसो अध्यक्ष दाहालले बोलाएको सचिवालय सदस्यहरूको अनौपचारिक छलफलमा थापा देखिनु भएन् ।
ओलीलाई जानकारी दिएरै दाहालले बोलाएको छलफलमा समेत नगएर थापाले ओलीको पक्षमा आफ्नो कित्ता स्पष्ट गर्नु भएको हो त ? ‘उहाँ अन्तिमसम्म पनि दुई अध्यक्ष नै मिल्नुपर्छ भनेर लाग्नुहुन्छ,’ थापानिकट स्रोतले भन्यो, ‘यो सन्देश उहाँले अध्यक्ष दाहाललाई पनि दिइसक्नुभएको छ ।’
पार्टी कार्यालय धुम्बाराहीमा बसेका दाहालनिकट नेताहरूको भने थापासहित अनुपस्थित अरू नेताहरूबारे बेग्लै बुझाइ छ । सचिवालय सदस्यहरूको भेलाले थापासहित पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल छलफलमा नआएर आफूहरूलाई गुटवादी र फुटपरस्त नेताका रूपमा उभ्याएको निष्कर्ष निकालेको छ । करिब २ घण्टा भएको उक्त छलफलमा सचिवालय सदस्य अब को कता छन् भनेर कित्ता स्पष्ट भएको निचोड निस्किएको त्यहाँ सहभागी एक नेताले बताएका छन ।

प्रतिक्रिया दिनुहोस