२१ कार्तिक कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशतहको कथित संसदीय चुनाब सशक्त खारेज गर्ने निर्णय गरेको छ । नेकपाले यो चुनावले देश र जनताको समस्या समाधान गर्ने नभई अपराध र अपराधिलाई वैद्यता दिन भईरहेकाले खारेज गर्न आहवान गरेको छ ।
नेकपा कालिकोटका जिल्ला इन्चार्ज विराट सी र सेक्रेटरी शाहसी सीले आईतवार एक प्रेश विज्ञप्ति जारी गरी कार्तिक १४ र १५ गते वसेको जिल्ला समितिको चौथो पूर्ण वैठकले यस्तो निर्णय गरेको जानकारी दिनु भएको छ ।
जारी विज्ञप्तिमा नेकपाले कथित संघ र प्रदेशको निर्वाचनले देश बेचुवा, भ्रष्टाचारी, कमिशनखोरी, लुटेरा,दलाल राजनीति, नाफावादी जमिनदार व्यक्ति चुन्ने भएकाले सशक्त खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।
नेकपाले तत्काल देशको वैज्ञानिक निकास भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु भएको भन्दै चुनाव खारेजको अभियानमा सवै कालिकोटे जनता लाग्न पनि अपिल गरेको छ ।
नेकपाको वैठकले चुनाव खारेजीको निर्णय संगै जिल्लामा आन्तरिक प्रशिक्षण संचालन गर्ने,बाढी पहिरो पीडितलाई भेटघाट गर्ने,राहत दिने,क्षतिको विवरण संकलन गर्ने, जनवर्गीय संगठनलाई सुदृढ र विस्तार गर्ने, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, नवौं महाधिवेशनले गरेका निर्णय कार्यान्वय गर्ने,महाधिवेशनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाई धन्यवाद दिने लगायतका निर्णय पनि गरेको जनाएको छ ।
वैठक जिल्ला सेक्रेटरी शाहासीको अध्यक्षता र स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यतामा बसेको थियो । वैठकमा केन्द्रीय सदस्य विराट सी,रणदिप सी लगायतका अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरणरहोस ः नेकपाले आन्तरिक पार्टी प्रशिक्षण र बाढी पहिरो पीडित परिवारलाई राहत दिने निर्णय भने कार्यान्वयन गरिसकेको छ ।
विज्ञप्तिको पूर्णपाठ