अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा

मंसिर २१, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताउनु भएकाे छ ।  अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उहाँको भनाइ छ ।

कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताउनु भयाे । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ उहाँले भन्नु भयाे ।

हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताउनु भयाे । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता होे’, उहाँले भन्नुु भयाे ।

कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणलेसरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाउनु भयाे ।

‘कांग्रेस मतमा केही कमजोर देखिएको छ, तर सधै यस्तो रहँदैन । खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ, उहाँले भन्नु भयाे ।’

प्रतिक्रिया दिनुहोस