२१ मंसिर दाङ । जिल्लामा विभिन्न पार्टी परित्याग गरि मंगलवार ११ जना विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टी निकट जवस÷मोर्चाहरूको संयुक्त तुलसीपुर नगर भेला कार्यक्रममा विभिन्न संसद्वादी पार्टी परित्याग गरि ११ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका हुन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा आवद्ध तुलसीपुर उप–महानगरपालिका अन्तर्गत विभिन्न वडाका नेता–कार्यकर्ताहरूले नेकपामा प्रवेश गरेका हुन् ।
प्रबेश गर्नेहरूमा तुलसीपुर उप–महानगरपालिका वडा नं.१ निवासी विकाश रोका, धनसिंह बिक, निमबहादुर वली र निमबहादुर बिक रहेका छन् । यस्तै तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ निवासी सीता रोका र राधिका रोकाले नेकपा प्रबेश गरेका छन् । तुलसीपुर उप–महानगरपालिका वडा नं. ७ निवासी छाया कुमाल, वडा नं. १४ निवासी खुसीराम चौधरी, वडा नं.१६ निवासी दामोदर लम्साल, वडा नं.१९ निवासी धना वली, वडा नं. १७ निवासी वलबहादुर खड्काले नेकपा प्रबेश गरेका छन् ।
पार्टीमा नवप्रबेशीलाई नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप लगायतका नेताहरूले अविरमालासहित पार्टीमा स्वागत गर्नु भएको छ ।
जबस÷मोर्चाहरूको संयुक्त नगर भेलालाई सम्बोधन गर्दै सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाका दलाल शासकहरूसँग जनमतसङ्ग्रह खोसेर ल्याउने बताउनु भयो