२४ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले आफ्ना अलग अलग पूर्वपार्टीमा रहने र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ ।
करिब ३ वर्षअघि भएको तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतको आइतबारको फैसलाले निष्क्रिय बनाइदिएपछि प्रचण्ड– माधव समूहले सोमबार स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गरेका थिए ।
छलफलले उक्त फैसला राजनीतिक प्रकृतिको रहेको भन्दै असहमति जनाउँदै पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
उहाले असहमति भए पनि सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने भएकाले नेकपाको रुपमा यो स्थायी कमिटी बैठक अन्तिम हुनसक्ने पनि बताउनु भयो । ‘
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको टिप्पणी गर्नु भयो । २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेको थियो ।
निर्वाचन आयोग उक्त विवादमा प्रवेश नगर्दै अन्ततः फागुन २३ गते सर्वोच्चबाट एमाले र माओवादी केन्द्रबीचको एकता नै निष्क्रिय हुने गरी फैसला आएको हो ।