सांसद परियार द्धारा सुर्खेतमा अलपत्र परेकाको उद्धार

चैत २६, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य माननीय सांसद दानसिंह परियारले सुर्खेतमा अलपत्र दुइ जना उद्धार गरेका छन ।

कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि उपचारमा रहेका मुगु छायानाथ रारा नगरपालिका वडा नम्बर १३ का डिल बहादुर कामी र साही नगरपालिका १० का सुर बहादुर नेपालीको उद्धार गरेका हुन ।

पिडित डिल बहादुर कामीले भन्नु भयाे  ‘हामीसँग भएको उपचार खर्च सबै सकिएको थियो । अस्पतालमा बस्दा झन खर्च भइरहेको थियो ।’ ‘उहाँले ४५ हजार भन्दा बढी निजी खर्च गरेर हामीलाई मुगु पठाई दिनु भएको छ । उहाँलाई सधैं भगवानले साथ दिउन भन्ने कामना गर्दछु ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण आफू गमगढी पुग्न नसक्ने अवस्थामा रहेका बेला सांसद परियारले गरेको सहयोग जीवनमा भूल्न नसक्ने बताए ।

उनी मुगुमै सडक दुर्घटनामा परि घाईते भएका कारण करिब १५ दिन देखि देउती अस्पताल सुर्खेतमा उपचाररत रहेका थिए । अर्का सुरबहादुर नेपालगञ्जमा उपचार गरी सुर्खेतमा आइ अलपत्र परेका थिए । ती दुवै जनालाई सांसद परियारले उद्धार गरेका हुन ।

‘उहाँहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । मैले नीजि खर्चमा भएपनि उहाँलाई घरसम्म जानको लागि एम्बुलेन्सको व्यवस्था गरि पठाईदिएको छु ।’ उहाँले भन्नु भयाे, ‘यसका अलावा अलपत्र परेका सयौं मुगुका जनतालाई उद्धार गरी मुगु पठाइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस