वैशाख २६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गरेको छ ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सिङ्गो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरीत अध्यादेश ल्याएको बताउनु भयाे ।
‘सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उहाँकाे भनाई छ ।
प्रतिक्रिया दिनुहोस