कालिकोटमा आमा छोरा बेपत्ता

 

२२ भदौ,कालिकोट । जिल्लामा गिता जैसीका आमा छोरा विहिवार राती देखि बेपत्ता भएका छन ।

जिल्लाको शान्नित्रिवेणी गाउँपालिका १ लुसा माईतिघर हुनु भएकी र दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादु शाही संग दोस्रो विवाह गरी सदरमुकाम मान्मामा बस्दै आउनु भएकी गिता र उहाँका छोरा बेपत्ता भएका हुन ।

शाहीको गीतासँगको अवैध सम्बन्धबाट छोराको जन्म भएको थियो । छोरा जन्मिए पछि उहाँले गीतालाई श्रीमतीका रुपमा स्वीकार गर्न आनाकानी गर्दै आउनु भएको थियो ।शाहीले गीता र छोरामाथि मानसिक तथा शारीरिक हिंसा गर्दै आउनु भएको स्थानीयले वताएका छन ।

गर्दा गीताले जिल्ला अदालत कालिकोटमा हालै अंशबन्डाको मुद्दा दिएपछि शाही र गिता बीच विवाद वढेर गएको थियो ।

विवादकै विचमा शाहीले तीन वर्षअघि भदौ २८ गते मृत्यु हुनु भएका गिताका वुवा रामजैसीलाई आफूले भिरवाट धकेलेर मारेको र धेरै विवाद गरे तिम्रो पनि हालत त्यस्तै हुने कान्छी श्रीमती गितालाई धम्की दिनु भएको थियो ।

शाहीले गीतालाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा)लाई जस्तै केटाहरु प्रयोग गरेर आमा–छोराको हत्या गर्ने धम्की दिएको केही दिन पछि आमा छोरा वेपत्ता भएका हुन ।

शाहीले गितालाई पठाएको म्यासेन्जरमा भन्नु भएको छ ‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ पछि हट्दैन, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौँ म पनि हेर्छु।’

दानबहादुर नेकपा एमाले कालिकोटका कार्यालय सचिव हुनुहुन्छ ।

म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराउनु भएको थियो । प्रहरीले उहाँलाई भदौ १० गते पक्राउ गरेको थियो ।

प्रहरीले दानबहादुरलाई पक्राउ गरेसँगै उहाँकी कान्छी श्रीमती र छोरा भने कोठाबाटै हराएका हुन ्। गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका छन्।

‘अंश मुद्दा दर्ता भएपछि आमा–छोरालाई गायब बनाइदिन्छु भन्दै म्यासेज गरेको थियो,’ गीताका आफन्तले भने, ‘उसलाई प्रहरीले पक्राउ गरेसँगै आमा–छोरा कोठाबाटै बेपत्ता भएका छन्।’

वेपत्ताका आफन्तहरुले शुक्रवार दिनभर जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन । ‘बहिनी र भान्जा बस्ने कोठा हेर्दा घटना शङ्कास्पद देखिन्छ,’ गीताका दाजु गौरीले भन्नु भयो , ‘म्यासेन्जरमा बुवालाई जस्तै मान्छे लगाएर सिध्याइ दिन्छु भनेर धम्की दिएको थियो, घटनास्थलको प्रकृति मिल्दोजुल्दो छ।’

प्रहरीले पनि गीता बस्ने कोठाको अवस्था हेर्दा शङ्कास्पद देखिएको बताएको छ। ‘यत्रतत्र सामाग्रीहरू छरिएका छन्, कपाल लुछेको जस्तो देखिन्छ, हराएकी महिलाका मोबाइललगायतका सामाग्रीहरू त्यहीँ छन्,’ प्रहरी निरीक्षक यज्ञराज जोशीले भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस