कानुनी उपचारमा सहयोग गर्न सन्दीपको आग्रह

२३ भदौ, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई कानुनी उपचारमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहनु भएका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने वताउनु भएको छ ।

सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा गर्नु भएको छ क्यान सचिव प्रशान्त विक्रम मल्लले भन्नु भयो ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।

सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको छ ।

प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले वताउनु भयो ।

यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कनु हुनेछ । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाउनु भएन ।

प्रतिक्रिया दिनुहोस