वर्तमान परिस्थिति र समाजवादका विषयमा आज कालिकोटमा अन्तरक्रिया हुदै

२१ असाेज, कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा वर्तमान परिस्थिति र नेपाली विषेशताकाे समाजवाद विषयक बृहत साझा अन्तरक्रिया कार्यक्रम आइतबार हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आयोजनामा पार्टी स्थायी समिति भरत सीकाे प्रमुख आतिथ्यतामा सम्पूर्ण राजनीतिक दल,बाम बुद्धिजीवी, राजनीतिक विश्लेषक, देशभक्त, नागरिक समाज, पत्रकार र सराेकारवाला निकायकाे सहभागिता अन्तरक्रिया हुने नेकपा कालिकोटले जनाएको छ ।

नेपालको वर्तमान राजनीतिक संकटकाे समाधान, राष्ट्रिय स्वाधीनता र नेपाली विषेशताकाे समाजवादकाे पक्षमा सराेकारवाला निकायसँग अन्तक्रिर्या कार्यक्रमकाे आयोजना गरेको जिल्ला सेक्रेटरी शाहासी सीले बताउनुभयो ।

कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १२ बजेबाट शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस