नेकपाद्धारा इजरायलमा नेपाली विद्यार्थी माथि भएको घटनाको विरोध गर्दै शिघ्र उद्धार र उपचारको व्यवस्था गर्न माग

 

२१ असोज,काठमाडौ । नेपाल कम्युनिष्ट पार्र्टीेले नेपाली विद्यार्थी माथि इजरायलमा हमालले गरेको विष्फोटको घटनाको विरोध गर्दै शिघ्र उद्धार र उपचारको व्यवस्था गर्न माग गरेको छ ।

केन्द्रीय कार्यालय श्रोतका अनुसार घटनामा घाईते विद्यार्थीहरुको यथाशिघ्र उद्धार गरी नेपाल फर्काउन र उपचारको व्यवस्था गर्न माग गरेको हो । नेकपाले कृषि पढन गएका विद्यार्थी माथि विष्फोटको घटना हुनु दुखत र खेतजनक भएको जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण सुरु गरेको कृषि अध्ययन र कामका लागि इजरायल गएका नेपाली विद्यार्थी सुरज भण्डारीले बताएका छन ।

परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।

घटनास्थलबाट करीब ३० किलोमिटर पर रहेको सोरासिम नर्सरी फार्ममा काम गर्ने चितवन भरतपुरका युदिन ढकालले आफूहरु अहिले पनि बंकरमा नै बसिरहेको पीडा व्यक्त गरेका छन ।


उनको फार्ममा काम गर्ने १८ जना नेपाली बंकरमा नै बसिरहेको र अहिलेसम्म कसैले पनि सहयोग नगरेको गुनासो गरेका छन ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान तथा पशु चिकित्सा र वन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु इजरायल गएका थिए । कृषि विश्वविद्यालयबाट १ महिना अगाडि तथा त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयबाट २५ दिन अगाडि मात्रै विद्यार्थीहरु पढ्दै काम गर्न भनेर इजरायल गएका हुन् ।

नेपाली विद्यार्थीहरुले आफ्नो शिघ्र उद्धार गरी नेपाल फर्काउन र घाईतेहरुको उपचार गर्न माग गरेका छन ।
नेपाल सरकारको गलत रवैयाले नेपाली युवा विद्यार्थीहरु रोजगारी तथा पढने नाममा विदेश जानुपर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ ।
यस्तो अवस्थाको अन्त्य गर्न नेपालमै रोजगारीको व्यवस्था गर्न र पढने विद्यार्थीहरुलाई पनि नेपालमै पढने वातावरण बनाउन नेकपाको माग छ ।

नेकपा निकट अखिल क्रान्तिकारीेले पनि घटना प्रति घोर निन्दा एवम् भत्सर्ना गर्दै घटनाको विरोधमा र अलपत्र तथा घाईते विद्यार्थीको उद्धार तथा उपचारको लागि आईतवार दिउसो २ बजे शान्तिावाटीका काठमाडौमा विरोध कार्यक्रम समेत गर्दैछ । ।

 

 

 

प्रतिक्रिया दिनुहोस