प्रचण्ड नेतृत्वको सरकार टिक्नु पर्छ, भ्रष्टाचारी विरूद्वकाे कार्वाही ठिक्छ: नेता भरत सी

असाेज २१, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य भरत सीले प्रचण्ड नेतृत्वको सरकारकाे भ्रष्टाचारी विरूद्वको अभियान धेरैलाई मन नपरेको र यसलाई ढाल्न देशीविदेशी शक्ति लागेको भन्दै याे सरकार टिक्नु पर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीले आइतबार कालिकोटको मान्ममा आयोजना गरिएको “बर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य तथा प्रमुख अतिथि भरत सीले अहिले बढ्दै गएको भ्रष्टाचार र बेथितिकाे विरूद्वमा प्रचण्ड सरकारले राम्रो काम गरेको र यसका विरूद्व देशीविदेशी शक्तिले घेराबन्दी गरिरहेको भन्दै याे सरकार टिक्नु पर्ने बताउनु भएको हाे ।

उहाँले प्रधानमन्त्री र मन्त्री खानका लागि मात्रै सरकारमा जाने र भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाउने र विलासि जीवन विताउने गरेको भन्दै अलिकति भएपनि प्रचण्ड सरकारकाे भ्रष्टाचार विरूद्वकाे अभियानले जनताको आशा जगाएकाे बताउनुभयो ।

उहाँले आन्तरिक र बाहिय परिस्थितिले देश नयाँ ठाउँमा पुगेको भन्दै आपसी द्वन्द्वलाई त्यागेर राष्ट्रिय स्वाधीनता चाहाने देशभक्त परिवर्तनकारीले अमेरिकी साम्राज्यवादका एजेन्टहरूका विरूद्व लड्नु पर्ने बताउनुभयो ।

नेता भरत सीले नेपालमा दलाल पुँजीवादी प्रवृत्ति मुख्य दुश्मन भएको र त्यसका विरूद्व लड्नुपर्ने बताउनु भयाे । उहाँले अहिले नेपालमा कम्युनिस्ट सरकार बनेको तर कम्युनिस्ट सत्ता नभए टिप्पणी गर्नुभयो ।

उहाँले पुँजीवाद रहदा सम्म क्रान्ति अनिवार्य भएको भन्दै समाजवाद भनेको स्थायी क्रान्तिकाे घाेषणा भएको बताउनुभयो । नेपालकाे क्रान्तिमा राष्ट्रिय स्वाधीनताकाे लडाइँ नलडि अधुरो क्रान्ति पुरा नहुने र समाजवाद नआउने तर्क गर्नुभयो ।

नेकपा समाजवादी नेता तथा संविधानसभा सदस्य तुलराज विष्टले याे संसदीय चुनावमा कस्ले कति जित्यो त्याे प्रविधिक विषय भएको भन्दै कसले परिवर्तनको लागि क्रान्तिकाे राँकाे बालेको छ त्यो मुख्य विषय भएको बताउनुभयो ।

उहाँले नेपालको आवश्यकता र जनताको चाहाना सबै कम्युनिस्ट एकता हुन भन्ने हाे र त्यसै अनुरूप समाजवादी माेर्चा बनेको बताउनुभयो ।

नेता विष्टले दुई सय चालिस बर्ष शासन गरेकोे राजा, ७० वर्ष शासन गरेको कांग्रेस, हिजोका पञ्चेहरूकाे पार्टी नक्कली राष्टवादी बनेर आएको बन्दै अहिले नयाँ उदाएकाे रवी कसैले पनि देश नबनाउने र कम्युनिस्टले मात्रै देश बनाउन सक्ने दावी गर्नुभयो ।

उहाँले सिद्धान्त बेचेर साैदाबाजी गर्न नहुने भन्दै देश जनता प्रति गद्दारी गरेर जुनसुकै पदमा पुगेपनि केही अर्थ नहुने र त्यो पछि बदनाम हुने बाहेक अरू केही नभएको तर्क गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कालिकोटका जिल्ला संयोजक शैलेन्द्र चाैंलागाई, एमाले कालिकोट जिल्ला उपाध्यक्ष दयाराम सिमखाडा, एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य धिरबहादुर विष्ट, मजदुर किसान पार्टीका कालिकोट जिल्ला अध्यक्ष खड्कराज शाही, नेपाल समाजवादीका कालिकोट जिल्ला इन्चार्ज नरेन्द्रबहादुर शाही, सहकारी बैंकका केन्द्रीय संचालन समिति सदस्य कालिबहादुर महतारा, नागरिक समाज कालिकोटका अध्यक्ष दमन बम लगायतले बाेल्दै नेपालमा समाजवाद आवश्यक भएको तर आदर्शका कुरा मात्रै गरेर नआउने भन्दै टुटफुट र विभाजन नभइ सबै कम्युनिस्टहरू एकता भएर समाजवादकाे लागि अगाडि बढ्नुपर्नेमा जाेड् दिए ।

जिल्ला इन्चार्ज बलवान् सीकाे अध्यक्षता रहेको कार्यक्रमकाे जिल्ला सेक्रेटरी शाहासीले संचालन गर्नुभएको थियो । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य तथा समाजवादी माेर्चाका कर्णाली प्रदेश सदस्य कर्णबहादुर सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी लगायत अन्य राजनीतिक दल, बुद्धिजीवी, पत्रकार र सराेकारवालाहरूकाे सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस