महरा काण्ड माओवादी विचलनको उच्चरुप

असाेज २१, सम्पादकीय ।

बैचारिक विचलनको उच्चतमरुप पछिल्लो महरा काण्ड हो । माओवादी आन्दोलनको एउटा हिस्सा जुन माओवादी नीति सिद्धान्त ,लक्ष्य र उद्देश्य वाट पतन भयो । त्यसको उच्चतम परिणाम कृष्ण वहादुर महरा काण्ड पनि हो । यो महराको मात्र समस्या होईन यो माओवादी आन्दोलनको समस्या हो ।

महरा माथि रोशनी शाहीले आफु माथि जवर्जस्तीकरणी गरेको आरोप असोज १२ गते सार्वजनिक गरिन । त्यसपछि विचमा वाहिरीय दवावका कारण वयान पनि फेरिन । फेरी आफै असोज १७ गते प्रहरी समक्ष महराले जवर्जस्तीकरणी गरेको जाहेरी पनि दिइन । प्रहरीेले असोज १९ गते महरालाई पक्राउ पनि गर्यो । यो घटना महरा र रोशनी शाही विचको घटनाका रुपमा मात्र लिनु गलत हुनेछ ।

किनकि यसमा राजनीतिक वैचारिकपक्ष र सामाजिक साँस्कृतिपक्ष गहिरो रुपमा जोडिएको छ । यि सवै पक्षसंग महराको तीन दशक लामो कम्युनिष्ट आन्दोलन र १० वर्षिय माओवादी आन्दोलन पनि प्रत्यक्ष रुपमा जोडिएको छ । विशेषतः १० वर्षिय माओवादी जनयुद्धमा ठुलो त्याग,तपस्या र लगानी गरेका उच्चतहका नेता महरा पनि हुन । यि अध्यक्ष प्रचण्डको निकै विश्वास पात्र पनि हुन । महरालाई शालिन,भद्र,निडर र इमान्दार नेताको रुपमा पनि वुझने गरिन्थ्यो र हुन पनि ।

तर आज जुन आरोप महरा माथि लागेको छ । त्यो राष्ट्र र जनताको लागि निकै दुखान्त र पिडादायि छ । हुन नपर्ने घटना भएको छ । यो घटनामा महरा कति दोषि कति निर्दोषि यो त कानुनी रुपमा पुष्टि हुदै जाला । यतातिर हामीले केही कोटट्याउन चाहदैनौ । मुख्यकुरा यस्तो घटना सार्वजनिक किन भयो त ? यो के कारणले भयो त ? भन्ने प्रश्नको केही जिज्ञासा यहाँ राख्न गइरहेका छौ ।

यस्तो घटना जुन भयो । यसको पहिलो कारण त माओवादी आन्दोलनमा प्रचण्डले नेतृत्व गरेको महान जनयुद्धका मुल्य,मान्यता र माओवादी नीति सिद्धान्तहरुको हत्या गरी राजनीतिक र वैचारिक रुपमा एमालेकरणमा पतन हुनु नै रहेको छ । राजनीतिक वैचारिक र सामाजिक साँस्कृतिक रुपमा जसरी जनयुद्धमा प्रशिक्षण गरिन्थ्यो त्यो नहुनु र क्रान्तिकारी विचार,सिद्धान्त पार्टीमा नरहनु नै हो । जव पार्टी नै क्रान्तिकारी नीति विचार सिद्धान्तमा छैन । त्योवेला त्यस पार्टीका नेताहरु पनि क्रान्तिकारी वाटोमा रहन सक्दैनन् भन्ने पृष्टि गरेको हो । त्यस पार्टीका नेताहरुले राम्रो काम गर्छन भन्ने आशा गर्नु पनि वेकार हो ।

त्यस्तै अर्को कारण सामाजिक साँस्कृतिरुपमा उपभोगवादी र छाडा संस्कृतिको पार्टीमा विकास हुनु हो । अहिलेको सत्तामा रहेको नेकपा भित्र उपभोगवादी र छाडा संस्कृितको विकास हुनु नै महरा काण्डको जन्म हुनु हो । जब पार्टी क्रान्तिकारी विचार सिद्धान्तमा थियो । पार्टीमा अनुशासन बलियो थियो । पार्टीले जाँड रक्सी र जुवा तास वन्द गरेको थियो । त्यसले गर्दा सामाजिक र साँस्कृतिक रुपमा परिवर्तन ल्याएको थियो ।

समाजमा शान्ति पनि थियो । शान्ति प्रक्रियामा आउनु अघि जाँड रक्सी वन्द गर्ने पार्टी आज त्यसैको प्रयोग भएपछि हिजो छाडा संस्कृतिको विरोध गर्ने पार्टी आज छाडा संस्कृतिको संरक्षण गर्ने भएपछि पार्टी कहाँ पुग्यो ? नेताहरु कहाँ पुग्य ? भन्ने कुरा वुझने वेला आएको छ । माओवादी आन्दोलनमा दिएका आर्दश र भाषणहरु आज उल्टोगतिमा हिडेपछि त्यसको दुर्भाग्य सवैले भोग्नु पर्छ ।

सर्वहारा श्रमजीवी वर्गको सत्ता भन्ने आर्दशमा आज दलालवर्गको सत्ता भएको छ । जनवादी संस्कृतिको ठाँउमा छाडा उपभोगवादी संस्कृति हावी छ । मजदुर ,किसान,महिला, दलित, आदिवासी,जनजाति ,थारु,मधेसी अहिलेको व्यवस्था प्रति असन्तुष्ट छन । हत्या,हिंसा,वलात्कारका घटनाहरु देशभरी दिनहु जसो भइरहेका छन ।

भ्रष्टचार चरमचुलीमा पुगेको छ । घाईते अपाङ्ग,वेपत्ता परिवार ,जनयुद्धका शहिद परिवार,नेता कार्यकर्ता र जनता प्रति सरकार उदासीन छ । यि सवै सवै कारणहरु भनेको कम्युनिष्ट क्रान्तिकारी विचार र आर्दश वाट राजनीतिक, वैचातिक ,सामाजिक र साँस्कृतिक रुपमा विचलन हो । जसको परिणाम महरा काण्डमा व्यक्त भएको हो ।

महरा व्यक्ति मात्र होईन माओवादी आन्दोलनको नीति निमार्णको हस्ति पनि हुन । जुन हस्ति वैचारिक ,राजनीतिक ,सामाजिक र साँस्कृतिक रुपमा विचलित भएपछि त्यसको असर स्वयम व्यक्तिमा पर्ने कुरा त छदैछ । समग्र देश र जनता माथि पनि परेको छ । यस्ता घटनाहरु वाट जोगीने एउटै उपाय हो । माओवादी क्रान्तिकारी वैचारिक राजनीतिक लक्ष्य ,उद्देश्य वाट विचलित नहुनु हो ।

प्रतिक्रिया दिनुहोस