नेकपाका प्रवक्ता द्धारा माल्कोटमा जनअस्पतालको शिलान्यास

  उपचार विना मर्नु पर्ने अवस्थाको अन्त्य गर्ने घोषणा

२२ कार्तिक,कालीकोट । विल्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गर्नुभएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले माल्कोटमा ५ चमत्कारी योजनाको सूरुवात गर्ने घोषणा गरेसंगै जनअस्पतालको शिलान्यास गरिएको हो । जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु पर्ने वाध्यतालाई अन्त्य गर्न जनअस्पतालको निमार्ण गर्न लागेको नेकपाले जनाएको छ ।

जनअस्पतालको यसअघि काठमाडौवाट वोलाईएका प्राविधिहरुको टोलीले सर्वे डिजाईन गरि सकेको थियो ।
अस्पतालको शिलान्यास पछि पार्टी प्रवक्ता प्रकाण्डले ऐतिहाँसी भूमि मालकोटले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो भूमीका खेलेको स्मरण गर्दै सहिदहरूको सपना पूरा नभएको र यसको लागि सहयोग गर्न सम्पूर्ण मालकोटबासी जनतालाई आग्रह पनि गर्नुभयो ।

उहाँले स्वास्थ्य शिक्षा कृषि लगायतका क्षेत्रमा क्रान्तिकालमा पनि पार्टीले सक्दो सेवा जनतालाई दिइने वताउदै जनताको व्यवस्था आएपछि देशभर शिक्षा,स्वास्थ्य,रोगजार सर्वसुलभ र निशुल्क गर्ने वताउनु भयो ।
उहाँले यसका लागि आफ्नो पार्टी र आफू निरन्तर संघर्ष गरिरहने र जनताका मौलिक अधिकार कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपाका अबको २ महिनामै अत्याधुनिक अस्पताल निर्माण गर्ने बताएको छ । अस्पताल निमार्णका लागि स्थानीयवासी जनताले जग्गादान गरेका छन ।

अस्पताल निमार्णका लागि जग्गा सहयोग गर्ने सम्पूर्णलाई नेकपाका प्रवक्ताले धन्यवाद समेत दिनु भएको छ ।
शिलान्यास कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिक, जिल्ला पार्टी सेक्रेटरी रणदिप, जिल्ला सचिवालय सदस्य शाहासी लगायत जग्गादाता र मालकोटबासी जनताको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस