कर्णालीकाे छाेराे काठमाडौं १ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस

२५ पुस, काठमाडौं । कर्णालीकाे छाेरा धनराज शाही (डिआर) काठमाडौं १ नम्बर क्षेत्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनकाे उम्मेदवार सिफारिस हुनु भएको छ ।

कर्णालीकाे कालिकोटमा जन्मिनु भएको धनराज शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति काठमाडौंको बिहीबार बसेको बैठकले उहाँलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा काठमाडौं १ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।

कालिकोट स्थायी घर भएको शाही लामो समयदेखि काठमाडौंमा बसेर राजनीति गर्दै आउनु भएको थियो । उहाँ काठमाडौं महानगर इन्चार्ज, काठमाडौं जिल्ला इन्चार्ज समेत भएर काम गर्नुभएको थियो ।

पार्टी केन्द्रीय सदस्य समेत रहनुभएकाे शाहीले पार्टीकाे केन्द्रीय प्रकाशन राताे खबर पत्रिकाकाे प्रबन्ध निर्देशक समेत भएर काम गर्नुभएको थियो ।

शाही पार्टी प्रतिबन्धकाे बेला २०७५ चैत ११ गते कालिकोटबाट पक्राउ परि ४८ दिन कालिकोट हिरासत बस्नु भएको थियो ।

शाही राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ । उहाँले कालिकोट कारागार बन्दीदेखि विभिन्न विद्यालय र दुखी असहायलाई राहत सामाग्री समेत सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस