नेकपाका स्थायी समिति सदस्य भरत सी घाईते कार्यकर्ता भेट्न हिरासतमा

२५ पुस,बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपालगंजको दुर्घनामा घाईते भएका आफ्ना कार्यकर्ताको स्वास्थ्य स्थितिवारे वुझन जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर भेटघाट गर्नु भएको छ ।

सोमवार दिउसो जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुगेर दुर्घटनाका घाईते धर्मराज सुनार र डिल्ली क्षेत्रीको स्वास्थ्य स्थितिको वारे वुझनु भएको हो ।

उहाँले घाईते दुवै जनाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीले रिहाको पहल गरिरहेको जानकारी गराउनु भयो ।
स्थायी समिति सदस्य भरतले भेटघाटको क्रममा सरकारले तीन वुँदे सहमति यथाशिघ्र कार्यान्वय गर्दै कार्यकर्ता रिहा गर्नु पर्ने धारणा भयो ।

स्थायी समिति सदस्य भरतले सरकारले सहमति कार्यान्वयमा ढिलाई गरेका कारण आफ्ना कार्यकर्ता अहिले पनि हिरासत भित्र वस्नु परेको गुनासो गर्नु भयो ।

गत कार्तिक ३० गते नेकपाका कार्यकर्ता सुनार र क्षेत्री नेपालगंजको भृकुटीनगरमा रहेको कोठामा खाना पकाउने क्रममा प्रेसर कुकुर विष्फोट हुदा घाईते भएका थिए । प्रहरीले भने चुनाव खारेजीका क्रममा तर्साउने बम वनाउने क्रममा बम विष्फोट भएको भन्दै नियन्त्रणमा लिएको थियो ।
घाईते दुवै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहको थियो । घाईतेहरुको राम्रो संग उपचार नहुदै प्रहरीले डिस्चार्ज गर्न लगाएर पुस १९ गते अस्पतालको शैयावाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष पुर्याएको छ ।

प्रहरीले उनीहरु दुवै जनालाई बम विष्फोटको मुद्धा चलाएको छ । नेकपाले भने मुद्धा नचलाउन र राजनैतिक सहमतिको आधारले रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस