बाँके निकुञ्ज क्षेत्रबाट समातिए तीन सिकारी


२७ माघ नेपालगंज । बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन । निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले सल्यानको कालिमाटीबाट थप ३ जनालाई पक्राउ गर्न सफल भएको जानकारी दिनु भयो । उनीहरुलाई पनि आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा ल्याइएको न्यौपानेले बताउनु भयो
बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ । उक्त क्यामेरामा कैद भएका तस्बिरका आधारमा निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त टोलीले धमाधम सिकारी पक्राउ गर्न थालेको हो ।
अप्रेशन ‘महाहन्ट’ अभियान अन्तर्गत सिकारीलाई पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस