सामूहिक राजीनामा अपराध हो, सहभागी नहुनु ः प्रधानमन्त्री ओली

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै उहाले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भन्नु भएको छ ।

उहाँले भन्नु भयो ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।

तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।

सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गर्नु भएको हो । उहाँले पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस