२६ जेष्ठ, कालिकोट । पलाँता गाउँपालिकाको दिपगाडमा भिरवाट खसेको ढुङ्गा लागेर एक जना युवाको ज्यान गएको छ ।
थिर्पु बजारबाट खाद्यान्न सामाग्री लिएर घर फर्किदै गर्दा भिर वाट खसेको ढुङ्गा टाउकोमा लागि गम्भीर घाईते भएका पलाँता गाउँपालिका वडा नं. ७ निवासी ३१ बर्षिय लंक धामीको घटनास्थलमै मृत्यु भएको हो ।
घटना भए लगत्तै पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले प्रहरी प्रशासन र डाक्टर हरुको टोलि घटना स्थलमै लिएर घर परिवारको रोहबरमा मुचुल्का सहित पोष्ट मार्टम गरि धामीको वुधवार दाससस्कार गरिएको छ ।
मृतक धामीका एक छोरी र ३ छोरा ६ बर्ष भन्दा तलका रहेका छन् । ३१ बर्षको कलिलो उमेरमा बुवाको मृत्यु भएपछि बालबच्चा टुहुरा भएका छन ।
वालवालिको पठन पाठनका लागी एक लाख राहात पलाँता सरकारले उपलब्ध गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिनु भएको छ । त्रिवेणी खवरको सहयोग
प्रतिक्रिया दिनुहोस