२२ असाेज, कालिकोट । कम्युनिष्ट एकता र समाजवादका पक्षमा जनमत निर्माण गर्नका लागि घोषणा गरिएको ‘समाजवादी मोर्चा’ काे मुगु जिल्ला संयोजकमा समाज सी चयन हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहित चार दलको आइतबार बसेकाे बैठकले समाजवादी मोर्चा मुगु जिल्लाको संयोजकमा समाज सीलाई चयन गरेको आज पत्रकार सम्मेलन मार्फत घाेषणा गरेको हाे ।
मोर्चाकाे संयोजक सहित एकजना सदस्य सचिव र एक सदस्य नेकपा, दुई/दुईवटा सदस्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) भागमा परेको बताएको छ ।
समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता लाई केन्द्रमा राख्दै समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप निर्णय हुने जनाएको छ ।
माेर्चाले जिल्लाको सन्देशसभा गर्ने, स्थानीय तहसम्मकाे संगठनिक संरचना निर्माण गर्ने, सुशासन विरोधी, समाजिक रूपमा खलल पुर्याउने, कमिसन खाेर, दलाली, भ्रष्टाचारी, बलात्कारी, तस्करी, राष्ट्रियघाती र पश्चिमा शक्तिको विरूद्वमा घनीभुत संघर्ष गर्ने बताएको छ ।
त्यसका लागि निरन्तर जनपहल र जनदबाब सिर्जना गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेकाे मुगु बासीकाे विकास लाई विशेष प्राथमिकता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस