कार्तिक २४ वाँके । बैजनाथ गाउँपालिकाले गरीब परिवारका लागि कोभिड १९ अस्थायी अस्पताल गाँउपालिकामा संचालनमा ल्याएको छ ।
२० शैयाको कोभिड १९ अस्पताको आतबार गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले उद्घाटन गर्दै जसको आर्थिक अवस्था कम्जोर छ उहाँहरुका लागि कोभिड १९ अस्थायी अस्पतालले सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।
रुचालले कोभिडको विपत महामरी विश्वभर नै भएको भन्दै आफ्नो क्षमता अनुसार रोगलाई नियन्त्रणका उपायहरु अभिलम्बन गरि रोगथाम गर्नु पर्ने वताउनु भयो । उहाँले सोही शिलशिलामा गाउँपालिकाले कोभिड १९ अस्पताल संचालनमा ल्याएर न्यून आय आर्जन भएका बैजनाथका नागरिकहरुलाई राहत हुने विश्वास दिलाउनु भयो ।
उद्घाटनमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले प्रारम्भिक चरणमा गाउँपालिकाले गर्न सक्ने आफ्नो क्षमता अनुसारको कोभिड अस्पता संचालनमा ल्याएको वताउनु भयो ।
कोभिड १९ अस्पता उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले हाल २० शैया मध्य ५ शैया अक्सिजन सहित र अन्य १५ शैया सामान्य कोभिड १९ लक्षण देखिएका पोजेटीभ विरामीहरुको उपचार मा प्रयोग गरिने जानकारी गराउनु भयो ।
कार्यक्रममा डा सन्जे सिग्देलले सुरक्षाका उपायहरु अप्नाउदै अस्पतामा आएका विरामीहरुको उपचार कुनै कम्जोरी नहुने जानकारी गराउनु भयो ।
कोभिड अस्पतालमा डा सन्जे सिग्देल सहित अन्य २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगि रहेका छन् ।