नेपाली भूभागबाट आफ्नो सेना तत्काल फिर्ता लग्न भारतलाई नेकपाको चेतावनी

२६ पुस,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली भूभागबाट आफ्नो सेना तत्काल फिर्ता लग्न भारतलाई चेतावनी दिएको छ । भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणा गरेकोमा कडा निन्दा गरेको छ ।

नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले सोमवार एकवक्तव्य जारी गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका अतिक्रमित भूमि हुँदै चीनको मानसरोवर जाने बाटो विस्तार गर्ने निर्णय गर्नु निन्दनीय भएको वताउनु भएको हो ।

नेकपाले यस्तो गम्भीर विषयमा नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय रहेको भन्दै तत्काल कूटनीतिक पहल लिएर अतिक्रमणकार्य रोक्न आह्वान गरेको छ ।

नेकपाले भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दै नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।

नेकपाले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको भन्दै कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि नेपाल सरकारसँग जोडदार माग गरेको छ
वक्तव्यको पूर्णपाठ‘।

प्रतिक्रिया दिनुहोस