२६ पुस,बाँके । थारु समुदायको अति महत्वको ठुलो चार्डको रुपमा चिनिने माघी पर्व नजिकीदै गर्दा थारु समुदायहरु माघी पर्व सम्वन्धि विभिन्न कार्यक्रमहरु मनाउन थालेका छन ।
मंगलवार कोहलपुर नगरपालिकाको वडा नम्वर ११ लोकनगर भोलाटोलमा माघी पर्व मिलन कार्यक्रमको आयोजना गरिएको छ ।
दुर्गामन्दीर व्यवस्थापन तथा संरक्षण समितिको आयोजनामा माघी पर्व भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।
माघी मिलन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,नगर प्रमुख,उपप्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि,वुद्धिजीवी व्यापारी,पत्रकार लगायतका व्यक्तित्वहरुलाई आमन्तरण गरिएको छ । कार्यक्रम ११ वजे पछि सुरु हुने जनाईएको छ ।
माघी मिलन कार्यक्रममा शुभकामना आदान प्रदान गुर्नका साथै थारु संस्कृति झल्किने खालका नाचगान देखाईने छ । माघी मिलन कार्यक्रममा थारु समुदायको अति महत्वको विशेष परिकार ढिक्री, गन्जी,तरुल,चट्नी लगायतको परिकार खुवाईने दुर्गामन्दीर संरक्षण समितिका सल्लाहकार हरी थारुले जानकारी दिनु भयो ।
उहाँले माघी पर्वको अवसरमा विशेष परिकारको खानेकुरा खाने देखि थारु सांस्कृति प्रस्तुती संगै थारु समुदायले वडघर छान्ने,छोरी चेलिलाई गक्षअनुसार दान दक्षिणा दिने,विहे गर्नेहरुको निर्णय गर्ने लगायतको परम्परा रहेको वताउनु भयो ।
निमार्णधिन दुर्गामन्दीरको प्राङ्गढमा माघी मिलन कार्यक्रम राख्नुको प्रमुख उद्देश्य थारु संस्कृतिको जर्गेना संगै मन्दीर निमार्णमा सवै सरोकार पक्षले सक्दो सहयोग गरुन भन्ने आसा रहेको मन्दीर संरक्षण समितिका अध्यक्ष फुलराम थारुले वताउनु भयो ।