कोहलपुरको भोलाटोलमा माघी मिलन भेटघाट कार्यक्रम सम्पन्न

थारु संस्कृतिको संरक्षण गर्नुपर्नेमा उपमेयर सुवेदीको जोड

२६ पुस,बाँके । थारु समुदायको अति महत्वको ठुलो चार्डको रुपमा चिनिने माघी पर्वको पूर्वसन्ध्यामा थारु समुदायहरु माघी पर्व सम्वन्धि विभिन्न कार्यक्रमहरु गर्न थालेका छन ।

मंगलवार कोहलपुर नगरपालिकाको वडा नम्वर ११ लोकनगर भोलाटोलमा माघी मिलन भेटघाट कार्यक्रमको आयोजना गरी विभिन्न थारु संस्कृति प्रदर्शन गर्दै विभिन्न थारु परिकार खाएर माघी मिलन मनाईएको छ ।

दुर्गामन्दीर व्यवस्थापन तथा संरक्षण समितिको आयोजनामा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो ।
माघी मिलन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएकी कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले माघी मिलनका अवसरमा सवैलाई शुभकामना दिदै थारु संस्कृतिको जर्गेना गर्नुपर्ने वताउनु भयो ।

उहाँले थारु संस्कृतिको संरक्षण गर्न नगर सरकारले माघी मनाउन वजेट छुट्याउने गरेको जानकारी दिर्दै थारु अगुवाहरुले उपयुक्त निर्णय गरेर मनाउन आग्रह गर्नु भयो ।

उपप्रमुख सुवेदीले कोहलपुरमा थारु होमस्टे चलाउन चाहनेहरुका लागि समेत नगर सरकारले सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
भोलाटोलमा निर्माणाधिन दुर्गामन्दीरको लागि दर्ता गरेर आएमा आवश्यक वजेट नगर सरकारवाट छुट्याउने प्रतिवद्धता पनि उप्रमुख सुवेदीले गर्नु भयो ।

माघी मिलनको शुभकामना दिर्दै कोहलपुर नगर कार्यपालिका सदस्य इश्वरी विकले थारु संस्कृति जनाउन सवैको सहयोग आवश्यक भएको वताउनु भयो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेश चौधरीले थारुहरुको संस्कृति धेरै रहेको र संरक्षण गर्नुपर्ने वताउनु भयो । कार्यक्रममा पत्रकार वसन्त विक,प्रदिप वाक्ले,सर्जन रोकाया, राजेश आचार्य, समाजसेवी सुधा थारु,गंगाराम थारु, राजनैतिक दलका तर्फवाट रेशम साप्कोटा, तेज प्रसाद थारु लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

माघी मिलन कार्यक्रमका अवसरमा थारु संस्कृति झल्किने विभिन्न नाचगान देखाईएको थियो । यस्तै थारु समुदायको अति महत्वको विशेष परिकार ढिक्री, गन्जी,तरुल,चट्नी लगायतको परिकार कार्यक्रमका अतिथि पाहुना तथा सहभागीहरुलाई खुवाइएको थियो ।

 

 

माघी पर्वको अवसरमा विशेष परिकारको खानेकुरा खाने देखि थारु सांस्कृति प्रस्तुती संगै थारु समुदायले वडघर छान्ने,छोरी चेलिलाई गक्षअनुसार दान दक्षिणा दिने,विहे गर्नेहरुको निर्णय गर्ने लगायतको परम्परा रहेको थारु अगुवा हरी थारुले जानकारी दिनु भयो ।

दुर्गामन्दीर संरक्षण समितिका अध्यक्ष फुलराम थारुले थारु संस्कृतिको जर्गेना संगै मन्दीर निमार्णमा सवै सरोकार पक्षले सक्दो सहयोग रहोस भन्ने उद्देश्यले माघी मिलन कार्यक्रमको आयोजना गरिएको वताउनु भयो ।

माघी मिलन कार्यक्रमको आयोजनावाट दुर्गामन्दीर निमार्णका लागि केही रकम संकलन समेत भएको मन्दीर संरक्षण समितिले जनाएको छ । माघी मिलन कार्यक्रम मन्दीर संरक्षण समितिका अध्यक्ष फुलराम थारुको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस