युवा संगठन नेपालद्धारा फुटबल प्रतियोगिताको आयोजना, २४ टिमको सहभागिता

२६ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले जनयुद्धको सहिद सप्ताहको अवसरमा चितवनमा फुटबल प्रतियोगीताको आयोजना गरेको छ ।
आईतवार चितवनको वीरेन्द्र क्याम्पचौरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फुटबल प्रतियोगिताको युवा संगठन नेपालका केन्द्रीय सचिब अनिल सी र नेकपा चितवनका इन्र्चाज उत्सव सीले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
प्रतिगोगिताको उद्घाटन गर्दै अनिल सी र उत्सव सीले युवाहरुलाई खेलकुदप्रति रुची जगाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
उहाँहरुले नेपालको परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै समाजवादमा पुग्नका लागि पनि युवा तथा खेलप्रेमीहरुको थप भूमिका आवश्यक हुने भनाई राख्नु भयो ।

युवा संगठन नेपालले ‘सेभेन ए साईड खुल्ला नकाउट फुटबल टुर्नामेन्ट २०८१’ नाम दिएको सो प्रतियोगितामा २४ टिम प्रतिस्पर्धाको लागि मैदानमा छन ।
प्रतियोगीतामा विजयी हुने पहिलो टिमले ट्रफि प्रमाणपत्र सहित ५५,५५५ को पुरस्कार राशी चुम्ने छ । यस्तै दोस्रो हुने टिमले ट्रफि प्रमाणपत्र सहित २५ हजार, तेस्रो हुने टिमले ट्रफि प्रमाणपत्र सहित १० हजार पुरस्कार राशी पत्र प्राप्त गर्ने छन । प्रतियोगिता फागुन २५ गते देखि २९ गतेसम्म चल्ने युवा संगठन नेपाल चितवनले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्यहरु पारस सी, सुमित सी, सन्तोष सी, सम्झना सी, शिक्षाप्रेमी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस