नेकपा कालिकोटले भन्याे – “केपीका हरेक काम माथि प्रतिबन्ध लगाउने”

चैत २७, कालिकोट । कालिकोट जिल्लाको खिन गाबिस नेटामा आईतबार विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको बृहत जनप्रदशन सहित जनसभा सम्पन्न भएको छ ।

खिन गाबिस ईन्चाज पदम बमको अध्यक्षता, जिल्ला सेकक्रेटरी रणदिप को प्रमुख आतिथ्यतामा जनसभा सम्पन भएको हो । जनसभामा बोल्दै जिल्ला सेक्रेटरी तथा प्रमुख अतिथि ऐडिले आफ्नो पार्टी माथिको प्रतिबन्ध फिर्ता नलिए केपी सरकारका हरेक काम माथि प्रतिबन्ध लगाउने चेतनवनी दिनु भयो ।

प्रमुख अतिथि ऐडिले बर्तमान दलाल सरकार फासिवादी चरित्रमा गएकाले आफ्नो पार्टीलाई राजनिति प्रतिबन्ध लगाएकाले सम्पुर्ण नेता तथा कार्यक्रता र आम जनसमुदायलाई प्रतिरोधमा उत्रिन पनि आग्रह गर्नु भयो ।

जनसभामा जिल्ला कमिटी सदस्य निर्देशन सुनार, अनरुप बिश्वक्रर्मा रउत्तम लगायतका नेता तथा कार्यक्रताको उपस्तिथि रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस