कालिकोटमा बाघको आक्रमणबाट एक जना घाइते


२७ जेठ, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको शान्तिघाटमा बाघको आक्रमणमा परी एक जना घाईते भएका छन । आज विहान ४ बजे शान्तिघाटको माने बजार नजिकै वाघको आक्रमणमा परी शान्नित्रिवेणी गाउँपालिका वडा नम्वर ४ घर भएका अन्दाजी ४० बर्षिय नेत्रवहादुर शाही घाईते भएका हुन । उनी मानेवजारमा आफ्नो घर बनाएर वंगुरपालन गरेर वस्ने गरेका थिए ।

राति बंगुरका २ वटा पाठा खोरबाट हराएपछि घर नजिकै एक सय मिटरको दुरीमा खोजि तलासीमा जाँदा उनीमाथि बाघले एक्कासी आक्रमण गरी घाईते बनाएको शान्तिघाट प्रहरी चौकीका असई डम्वरदत्त जैसीले ज्वाला खवरलाई जानकारी दिनु भयो ।

शाहीको कम्मर,खुट्टा र हातमा बाघले कोतारेको छ । घाईते शाहीको रास्कोट नगरअस्पताल गौतुमा उपचार भईरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

शाहीका यसअघि पनि बेला वेला वंगुरका पाठाहरु हराउने गरेका थिए । जिल्लाका अधिकाँस ठाउँमा वेला–वेला बाघदेखिने गरेपनि मान्छेमाथि आक्रमण भने गरेको यो पहिलो घटना हो । अहिले त्यो क्षेत्रमा त्रास देखिएको छ ।

स्थानीयवासीहरुले आफूहरुले पालेका वाख्रा,वाख्राका पाठा, गाई र कुकरहरु बाघले मार्ने गरेको बेलावखत गुनासो गर्ने गरेका थिए । स्थानीय सरकार तथा प्रहरीले बाघबाट बँच्न सचेत भएर हिडलुल गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस