जेठ २८, कालिकाेट । कालिकोटको लालिघाटमा भए टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १२ घाईते भएका छन । ज्यान गुमाउनेहरुमा रास्कोट नगरपालिका २ का वर्ष अन्दाजी २१ का थम्कि सार्की र सर्मिला सार्की रहेका छन भने घाईते दुईको अबस्था गंम्भिर रहेको छ ।
लकडाउनका कारण अलपत्र परी भारतकाे विभिन्न ठाँउबाट आएका स्थानियलाई क्वारेन्टिनमा राख्न जिल्लाको रास्कोट नगरपालिका लैजादै गर्दा ना ८ ख ५१३३ नम्बर को टिप्पर लालिघाट बजार नजिकै आज बिहान ९ः३० बजे दुर्घटना भई टिप्पर कर्णाली नदिमा खसेको थियाे ।
३९ जना यात्रु बाेकेर रास्काेट तिर जादै गरेकाे टिप्पर दुर्घटना हुदा २ जनाकाे ज्यान जानुका साथै १२ जना घाईते भएका हुन भने ३ जना नदिमा हराएका र घाईतेहरूमा २ जनाकाे अवस्था भम्भीर रहेकाे प्रमुख जिल्ला अधिकारी चन्द्रनारायण गैरेले बताउनु भएकाे छ ।
सामान्य घाईतेहरूकाे जिल्ला अस्पताल उपचार भईरहेको छ भने गम्भरि घाईते २ दुईजनाको थप उपचारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडाैं पठाइएकाे छ । बेपत्ताकाे खाेजी कार्य अझै जारी रहेको बताईएको छ ।