विप्लवको विद्यार्थी संगठन द्धारा कालिकोटमा स्वास्थ्य शिविर संचालन

७ जनामा कोरोना पोजेटिभ

२७ जेठ,कालिकोट । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले जिल्लाको माल्कोटमा विहिवार स्वास्थ्य शिविर संचालन गरेको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

विहिवार मात्र संचालन गरिएको स्वास्थ्य शिविरमा ३७ जनाको एन्टिजिन परिक्षण गरिएको छ ।

जसमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य १५० भन्दा बढी कोरोनाका लक्षण भएका विरामीहरूलाई अक्सिजन सहितको व्यवस्था मिलाएर औषधि उपचारको गरिरहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

शिविर सुक्रवार पनि जारी रहने छ । गाउँमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिन थालेपछि अखिल क्रान्तिकारीले यस्तो पहल थालेको छ ।

नेकपाका प्रवक्ता खडक वहादुर विश्वकर्माको जन्मथलो समेत रहेको सो गाउँमा उहाँकै छोरा नरेन्द्र विकको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली सहित स्वास्थ्य शिविर संचालनमा खटिएको नेकपा कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस