२७ जेष्ठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनी जग्गामा धान खेती गरेको छ ।
पार्टीलाई आत्मनिर्भर बनाउने निति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार ५ राेपनी जग्गामा पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे ।
नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले पार्टीकाे केन्द्रीय नीति अनुसार आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता-कार्यकर्ताको उद्देश्य अनुरुप उत्पादनमा जुटेको बताउनु भयो ।
उहाँका अनुसार पार्टीले थप २ राेपनी जग्गामा दाल उत्पादनका लागि सिमी र मासकाे खेती गर्ने तयारी गरेको बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सीले भन्नु भयो, ‘हामीले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनाका साथ अगाडि बढेका छौँ । पार्टीलाई आत्मनिर्भर बनाउने गरि हामी उत्पादनमा लागेका छाैं । हामी एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेका छौँ । वैज्ञानिक समाजवाद उत्पादनमा टिक्ने व्यवस्था हो ।’
धान रोपाइँमा जिल्ला इन्चार्ज बलवान् सी, जिल्ला सेक्रेटरी शाहासी सी, जिल्ला कमिटी सदस्यहरू, रास्काेट नगर पार्टी लगायत स्थानीय जनताकाे पनि सहभागी रहेको थियो ।
रास्काेट नगरपालिका २ कर्णाली चाैरमा कुशुम ऐडीले पार्टीलाई उत्पादनका लागि ७ राेपनी जग्गा सहयोग गरेपछि ५ राेपनी धान खेती र २ राेपनीमा सिमी र मासकाे दालकाे खेती लगाएको छ ।