गोंगबु हत्या काण्डमा आरोपित महिला चितवनबाट पक्राउ

 

साउन २६, काठमाण्डौ । गोंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई सोमबार साँझ नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं पुर्इएको छ ।

ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको प्रहरीले जनाएको छ । उहाका श्रीमान् भने विदेशमा हुनुहुन्छ ।

गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो । उक्त सुटकेस भित्रको शवमा टाउको र खुट्टा भने छुट्टिएको थियो ।

पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहायता लिई टाउको र खुट्टा ३ सय मिटर पर झोलामा भेट्टाएको थियो ।

प्रहरीले सोमबार दिउँसा सम्म शवको सनाखत गर्न सकेको थिएन । हत्या गरिएका बोहराको तस्वीर दिउँसो सार्वजनिक गरेपछि उहाको पहिचान खुलेको थियो ।हत्या गरिएका कृष्णबहादुर बोहराको भाडामा वस्ने घर

प्रहरीका अनुसार उहाका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो । दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्नु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस