नेकपा कालिकोट द्धारा वोगटी प्रति श्रद्धान्जली ,रहस्यमय घटनाको छानविन गर्ने

भाद्र २५ कालिकोट । कालिकोटको कोटवाडा र रकुको सिमा क्षेत्र अधेरी खोलामा मृत अवस्थामा भेटिएका रतन वोगटी (रमणीय) को दुख घटना प्रति विप्लव नेतृत्वको नेकपा कालिकोटले अत्यन्तै स्तव्ध भएको भन्दै दुख व्यक्त गरेको छ ।

जिल्ला इन्चार्ज कर्ण व .भण्डारी (विराट) र जिल्ला सेक्रेटरी रणदिपले वुधवार संयुक्त एक शोक विज्ञप्ति जारी गर्दै घटनाले आफ्नो पार्टीलाई अपूर्णी क्षेति पुगेको उल्लेख गरिएको छ ।

शोक विज्ञप्तिमा आफ्नो पार्टीका एरिया नं १का एरिया इन्चार्ज समेत वोगटी रहनु भएको भन्दै सिंंगो पार्टी स्तव्ध भएको छ भनिएको छ । भाद्र २२ गते कामको शिलशिलामा माल्कोट वाट कोटवाडा गएको र तिन दिन पछि अधेरी खोलामा वुधवार मृत अवस्थामा शव भेटिएको छ ।

जनयुद्धकाल देखिको एक होनहार सिपाही कर्मठ इमान्दार अनुशासित,कर्तव्य निष्ठ व्यक्ति रमणीय प्रति जिल्ला संगठन समिति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ विज्ञप्तीमा भनिएको छ ।
शोक विज्ञप्तीमा घटना रहस्यमय भएको भन्दै पार्टीले छानविन गरि सत्य तथ्य वाहिर ल्याउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस