२४ मंसिर, बाँके । जापानी इन्सेफ्लाईटिस रोगबाट पीडित १२ वर्षिय सृष्टि विकको भारतको लखनउ स्थिति इन्डिया अस्पतालमा सुक्रवार देखि उपचार सुरु भएको छ ।
सृष्टि वचाउ अभियान मार्फत संकलित रकमले उनलाई एम्वुलेन्स मार्फत लखनउ पुर्याएर उपचार सुरु भएको हो ।
कोहलपुर २ कि सृष्टिको पारिवारीक आर्थिक अवस्था निकै कमजोर छ ।
उनी गत साउन २५ गते देखि विरामी परेकि थिइन ।
सृष्टि सुरुमा विरामी भएपछि कोहलपुर मेडिकल कलेजमा एकमहिना राखेर उपचार गरिएको थियो । त्यसपछि सृष्टिको विराम थाह हुन नसकेपछि कोहलपुरको हवल्दारपुरमा रहेको कौशिल्या मेमोरियल अस्पतालमा करिव २० दिन राखेर उपचार गरिएको परिवारले वताएको छ ।
त्यहाँ पनि वालिका सृष्टिको विराम थाह हुन सकेन । सृष्टिका आफन्तले उनलाई नेपालगंज स्थिति नेपालगंज मेडिकल कलेजमा लिएर भर्ना गरे । करिव एक महिना अस्पतालमा राखेर उपचार भयो ।
तर पनि वालिका सृष्टिको विरामी पत्ता लाग्न सकेन । पुनः सृष्टिलाई नेपालगंजको भेरी अस्पतालमा भर्ना गरियो । वालिका सृष्टिलाई भेरी अस्पतालमा पनि करिव एक महिना राखेर उपचार भयो । तर पनि विरामीको अत्तोपत्तो नै भएन ।
अन्तिममा भेरी अस्पतालको सिफारिसमा नेपालगंजको कारकाँदोमा रहेको विश्व स्वास्थ्य संगठनको शाखा कार्यालयवाट गएको डाक्टरहरुको टिमले नमुना लिएर काठमाडौ पठाई चेकजाँच गर्दा वालिका सृष्टि विकको जापानी इन्सेफ्लाईटिस भएको रिपोर्ट सार्वजनिक भयो ।
त्यसपछि परिवारको सातो नै गयो । एकातिर करिव १२ लाख जति अस्पताल धाउधा धाउदै विरामीको रोग पत्ता नलाग्दै गयो भने अर्कोतिर अव कसरी विरामीको उपचार गर्ने भन्ने विषयमा आर्थिक संकट पैदा भयो ।
अहिले परिवारका सदस्यहरु आपत्तमा छन । अहिले वालिका सृष्टि वचाउनका लागि पत्रकार तथा समाजसेवीहरुको सहभागितामा सृष्टि वचाउ अभियान संचालन गरिएको छ । यो अभियान बाँके लगायतका जिल्लामा जारी छ ।
अभियानले वाँकेको कोहलपुर र नेपालगंजका व्यापारी वुद्धिजीवी तथा मनकारी सहयोगदार्ताहरुको सहयोगमा करिव ५० हजार जति आर्थिक संकलन गरि सहयोग गरेको छ ।
वालिका सृष्टिको हाल लखनउमा रहेको इन्डिया अस्पतालको आईसियू कक्षमा राखेर उपचार भईरहको छ । अस्पतालले विरामी सुधार हुन धेरै खर्च लाग्ने वताएको छ ।
उनको शरिर पूर्ण अपांग छ । खाना तथा औषधि नाकको प्वालवाट पाईप हालेर खुवाउने गरिएको छ ।
उनलाई वचाउन सवै देश विदेशमा रहेका सहयोगीहातहरुले सहयोग गरिदिन सृष्टिका वुवा सिंहवाहादुर विकले सवैलाइ अपिल गर्नु भएको छ । सहयोगका लागि वालिका सृष्टिको हजुर आमा प्याउका विक को ग्लोवल आईएमई वैंकमा खोलिएको खाता नम्वर १३७०७०१०००५२६४ मा रकम जम्मा गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस