नेकपा कालिकोटद्धारा मन टमट्टाको निधन प्रति गहिरो दुख व्यक्त

२७ पुस,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले रास्कोट नगरपालिका वडा नम्वर ८ वड्ढुङ्गा निवासी मन वहादुर टमट्टाको असामयिध निधन भएको घटना प्रति गहिरो दुख व्यक्त गरेको छ ।

पार्टीका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी शाहसीले संयुक्त रुपमा एक शोक वक्तव्य जारी गर्दै टमट्टाको निधनले पार्टीलाई अपूरणीय क्षेति पुगेको भन्दै टमट्टा प्रति हार्दिक श्रद्धान्जली दिनु भएको छ ।

जारी शोक वक्तव्यमा पुस २४ गते टमट्टाको असामयीक निधनले शोकमग्न घरपरिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

नेकपाले शोक वक्तव्य मार्फत मृतक टम्ट्टा नेकपाको सक्रिय नगर कमिटि सदस्य समेत भएका स्वीकार गर्दै उहाँले एकीकृत जनक्रान्तिमा गर्नु भएको योगदानको उच्च सम्मान गर्ने घोषणा गरेको छ ।

शोक वक्तव्य

प्रतिक्रिया दिनुहोस